Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बाढी पुर्व तयारी तथा सचेतता सम्बन्धि कृतिम घटना अभ्यास भजनीमा सम्पन्न

बाढी पुर्व तयारी तथा सचेतता सम्बन्धि कृतिम घटना अभ्यास भजनीमा सम्पन्न

  • समाचार
  • श्रावण २८, २०७८ बिहिवार १९:०७ बजे
  • 826
    SHARES
  • बाढी पुर्व तयारी तथा सचेतता सम्बन्धि कृतिम घटना अभ्यास भजनीमा सम्पन्न
    • कर्णाली भ्यूज

    कैलाली जिल्लाको भजनी नगरपालिकामा आज बिहीबार बाढी सचेतता सम्बन्धि कृतिम घटना अभ्यास गरिएको छ । भजनी नगरपालिका र प्रयास नेपाल कैलालीको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा भजनी नगरपालिका वडा नम्बर ३ को कर्मदेव घाटमा कोभिड-१९ बाढी पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत बाढी सचेतता सम्बन्धि कृतिम घटना अभ्यासको आयोजना गरिएको हो ।                                                भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । बाढी पुर्व तयारी तथा बाढी आउँदा कसरी उद्दार गर्ने भन्ने विषयमा जानकारी दिने उदेश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको प्रयास नेपाल कैलालीका कार्यकारी निर्देशक लोकराज जोशीले बताउनुभयो ।  कार्यक्रममा बाढीमा बगेकालाई कसरी उद्दार गर्ने , नदी बिचमा फसेकालाई कसरी उद्दार गर्ने तथा आगलागी हुँदा कसरी निभाउने लगायत प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा स्थानीय खोज तथा उद्दार सहयोगी कार्यदलले डेमो प्रदर्शन गरेको थियो ।                                            कृतिम घटना अभ्यास कार्यक्रममा युनिसेफ नेपाल नेपालगन्जका राजेश सारु मगर, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति बाशुदेव बिनाडी, भजनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पंकज चौधरी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैना, भजनी उपशाखाका सभापति नुमाकन्त खडका , भजनी उपशाखा सचिव प्रदिप मल्ल , नेपाल पत्रकार महासंघ कैलालीका पुर्व सदस्य देवानन्द न्यौपाने , भजनी नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतकाको उपस्थिति रहेको थियो ।                                               युनिसेफको सहयोगमा प्रयास नेपाल कैलालीले गत वर्षदेखि भजनी नगरपालिकामा विपद पुर्व तयारीका लागि विभिन्न गतिविधि संचालन गर्दै आइरहेको छ । संस्थाले नगरपालिकाको क्षमता विकासका लागि विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण , कोष संचालन कार्यविधि निर्माण , स्थानीय विपद व्यवस्थापन समिति अन्तर्गत खोज तथा उद्दार कार्यदललाई तालिम सञ्चालन, खोज तथा उद्दार सामग्री सहयोग , डुङ्गा मर्मत , उच्च धारा तथा आकस्मिक शौचालय निर्माण एवम् मर्मतका काममा भजनी नगरपालिकाको वडा नम्बर ३ र ८ मा सहयोग गर्दै आएको छ ।                                                             संस्थाले भजनी नगरपालिकाको वडा नम्बर ३ र ८ मा विपदका बेला प्रभावित व्यक्ति र घरपरिवारलाई नगद रहत सहयोग हस्तान्तरणका लागि सर्वेक्षण फारम भरेर व्यक्तिगत तथा पारिवारिक विवरण , विपद जोखिमता लगायतका तथ्यांकहरु समेत संकलन गरिरहेको प्रयास नेपाल कैलाली कोभिड-१९ बाढी पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका संयोजक मनिराम पाण्डेले जानकारी दिनुभएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images