कैलालीको लम्कीचुहा नगरपालिका–४, सगुनियाँमा प्रथम लेकहेड एजुकेसन एसवाईसी क्रिकेट प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। सगुनियाँ युवा क्लबको आयोजनामा हुने प्रतियोगिता भोलि असोज २८ गते बुधबार मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ।
स्थानीयस्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रति युवाको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। प्रतियोगितामा विजेता टोलीले ८० हजार १५१ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ४१ हजार १५१ रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगितामा टोलीका लागि (इन्ट्री फी) १० हजार १५१ रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय क्रिकेट खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवामाझ खेलकुद संस्कृतिको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सगुनियाँ युवा क्लबले प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीय युवा तथा सम्पूर्ण खेलाडीलाई सहभागिताका लागि आह्वान गरेको छ।



