Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जानकी–८ मा वडा अध्यक्षका लागि युवा व्यवसायी रावलको चर्चा

जानकी–८ मा वडा अध्यक्षका लागि युवा व्यवसायी रावलको चर्चा

  • समाचार
  • आश्विन २४, २०८३ शनिवार ०९:१७ बजे
  • 205
    SHARES
  • जानकी–८ मा वडा अध्यक्षका लागि युवा व्यवसायी रावलको चर्चा

    कैलालीको जानकी गाउँपालिका वडा नं. ८ मा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वडा अध्यक्षका लागि युवा व्यवसायी भीम बहादुर रावलको नाम चर्चामा आउन थालेको छ। युवामाझ परिचित रावललाई वडाको नेतृत्वमा देख्न चाहने युवाहरूले पछिल्लो समय आफ्नो धारणा व्यक्त गर्न थालेका छन्। जनताको सुख–दुःखमा साथ दिने, स्थानीय नागरिकका भावना र आवश्यकता बुझ्ने तथा समाजका लागि केही सकारात्मक काम गर्नुपर्छ भन्ने सोच राख्ने व्यक्तिका रूपमा रावललाई अघि सार्नुपर्ने आवाज युवाहरूबाट उठिरहेको छ।

    समाजप्रतिको जिम्मेवारी र वडाको विकासमा नयाँ दृष्टिकोण आवश्यक रहेको भन्दै उनलाई नेतृत्वमा देख्न चाहनेहरूको चासो बढ्दै गएको बताइएको छ। वडाको समग्र विकासका लागि जनताको भावना बुझ्ने, सबैलाई समेटेर अघि बढ्ने र सामाजिक एकतालाई प्राथमिकता दिने नेतृत्व आवश्यक छ। यही अपेक्षाका बीच युवा व्यवसायी रावलको नाम वडा अध्यक्षका सम्भावित आकांक्षीका रूपमा चर्चामा आएको हो।

    जानकी गाउँपालिका वडा नं. ८ का युवाहरूले रावललाई आफ्नो विचार र चाहना व्यक्त गर्न प्रोत्साहित गरिरहेका छन्। उनीहरूले आगामी नेतृत्वमा युवाको सहभागिता, जनताका आवश्यकता र समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन्।

    अमरावती सामुदायिक वन उपभोक्ता समूहका सचिव समेत रहेका रावलले आगामी दिनमा वडाको नेतृत्वमा रहेर काम गर्ने चाहना राखेको बताइएको छ। सामाजिक क्षेत्रसँग जोडिएर काम गर्दै आएका रावललाई वडा नेतृत्वमा अघि बढाउने विषयले स्थानीयस्तरमा चर्चा पाउन थालेको हो।

    स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न वडामा सम्भावित उम्मेदवारबारे चर्चा हुनु स्वाभाविक मानिन्छ। जानकी–८ मा पनि युवाको सहभागिता, स्थानीय विकास र जनतासँगको सम्बन्धलाई आधार बनाएर भावी नेतृत्वबारे बहस सुरु भएको देखिन्छ।

  • सम्बन्धित विषय:

  • # राजनिती

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images