Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जन्मोत्सवको अवसरमा शहिद स्मृति माविलाई शैक्षिक सामाग्री हस्तान्तरण

जन्मोत्सवको अवसरमा शहिद स्मृति माविलाई शैक्षिक सामाग्री हस्तान्तरण

  • समाचार
  • बैशाख २०, २०८२ शनिवार १५:१६ बजे
  • 2.7K
    SHARES
  • जन्मोत्सवको अवसरमा शहिद स्मृति माविलाई शैक्षिक सामाग्री हस्तान्तरण

    लम्की/ वैशाख २०

    लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवा निवासी लम्किचुहा नगर विकास समिति का पुर्ब अध्यक्ष, सामाजिक व्यक्तितब जन्मजय भट्टराईले आफ्नो जन्मोत्सव शैक्षिक सामग्री वितरण गरेर मनाउनु भएको छ ।

    भट्टराईले आफ्नो ५०औं जन्मोत्सवको अवसरमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ पुर्वलम्कीमा रहेको सहिद स्मृति माध्यमिक विद्यालय लाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    भट्टराईले उक्त अवसरमा विद्यालयमा अध्ययनरत साना नानीबाबुको पठनपाठन तथा सिकाई सहज बनाउने उदेश्यले  ४३ इन्चको एकथान स्मार्ट टि.भी. , दुईकोठाका लागि पि फर्म सहित कार्पेट लगायत करिब ५५ हजार बराबरको शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश ढकाल एवम् प्रधानाध्यापक पुर्ण प्रसाद जैशीलाई हस्तान्तरण गर्नुभएको हो ।Messenger_creation_865B7056-2AA8-4C61-A973-7AC726EECE11.jpeg

    शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा जन्मजय भट्टराई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकाल, शिक्षक रंगप्रसाद तिमिल्सैना, विद्यालय व्यवस्थापन समिति सदस्य थुमा पहराई लगायतका वक्ताहरूले जन्मजय भट्टराईलाई जन्मोत्सवको शुभकामना सहित मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा पुर्ब मन्त्री एवम संविधान सभा सदस्य विशेन्द्र पासवान , विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक , अभिभावक लगायतकाको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images