Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग जापानका राजदूतको बिदाइ भेट

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग जापानका राजदूतको बिदाइ भेट

  • समाचार
  • फाल्गुण ६, २०७७ बिहिवार ०९:५३ बजे
  • 508
    SHARES
    • कर्णाली भ्यूज

    नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन्।

    आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन्।

    भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीचका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताए।

    दुई देशबीच बेलाबेलामा हुने उच्च स्तरीय भेटघाटले नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लगेको पनि अध्यक्ष तिमिल्सिनाले बताए।

    यस्तै कोरोना भाइरस विरुद्धको खोपलाई जापान सरकारले अनुमति दिएसँगै जापानमा छिट्टै नै यस रोगविरुद्धको लडाइँमा महत्वपूर्ण जित हासिल गर्ने विश्वास समेत व्यक्त गरे।

    अध्यक्ष तिमिल्सिनाले राजदूत साईगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकोमा बधाई तथा धन्यवाद समेत ज्ञापन गरे।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images