कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ चिसापानीमा बालगृह निर्माण गरिने भएको छ । लम्कीचुहा बाल सञ्जालले बिहिबार गरेको पत्रकार सम्मलेन मार्फत बाल गृह निर्माण गर्न लागि जानकारी गराइएको हो । ‘बालबालिका पीडा बालबालिकालाई थाहा हुने भएकाले बालगृह निर्माण गर्न लागिएको छ।’ बाल सञ्जालका अध्यक्ष बिनोद थापाले बताए । ‘स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकार लगायत सहयोगीदाताहरुको सहयोगमा बालगृह निर्माण गरिने बताइएको छ । नगरपालिकामा रहेका अनाथ, गरिब अशक्त, अपांग , विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकालाई उनीहरुको बसोबास देखि लिएर सडकमा खुद्रा समान विक्री गर्ने, अध्ययनमा रुचि नभएर अन्यत्रमा ध्यान दिने बालबालिकाहरुलाई उचित वातावरण दिएर नेतृत्व गर्ने सम्मको क्षमता विकास गर्ने उदेश्य रहेको अध्यक्ष थापाको भनाई रहेको छ । बाल गृह निर्माणका लागि लम्कीचुहा बाल सञ्जालका बालबालिका लागिरहेका छन् ।



