महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता , मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मुल नाराका साथ नेपाल सरकारले सुरु गरेको नेपाल मास्क अभियान जारी रहेको छ । साउन २३ गतेदेखि २९ गतेसम्म नेपाल सरकारले मास्क अभियानको रुपमा अभियान नै थालनी गरेको छ । म जिम्मेवार नेपाली मास्क लगाउछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने अभियान नै रहेको छ ।
यसै अन्तर्गत प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीले कैलालीको लम्कीचुहा नगरपालिकको बल्चौर ,गप्का , चाेक, बर्दगोरियाको बौनिया , साडेपानी ,घाडाघाेडी र मसुरियाका मुख्य चोकहरूमा मास्क अभियानसँगै मास्कहरू वितरण गरिएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीका संयोजक नेत्रप्रसाद खनालले जानकारी दिए ।
यस्तै घाेडाघाेडी नगरपालिकामा रहेको युवा सन्जालले अायाेजना गरेकाे अन्तर्राष्ट्रिय युवा दिवसमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीसँगको समन्वयमा मास्क वितरण गरिएको हो । मास्क वितरण अभियानमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी , उप प्रमुख प्रेमकुमारी थापाले हस्तान्तरण गरेका थिए । युवाहरूलाई , मन्दिर परिसरलाई ,नेपाल प्रहरीलाई र बटुवालाई मास्क वितरण गरिएको हो । गौरीगंगा नगरपालिकाको मसुरियामा मुक्त कमैयालाई समेत मास्क वितरण गरिएको हो । 



