स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्रावण २३ देखि २९ गतेसम्म मनाउन घोषणा गरेको सप्ताह ब्यापी नेपाल मास्क अभियान कैलाली जिल्लाको लम्कीमा शुक्रबार सम्पन्न भएको छ । मास्क अभियानका अवसरमा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले लम्की बजारमा श्रावण २३ गतेदेखि सहायता कक्षको आयोजना गरेको थियो ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमको सहयोगमा नेपाल मास्क अभियानको अवसरमा लम्की बजारमा सहायता कक्ष स्थापना गर्नुका साथै सात दिनसम्म नि:शुल्क मास्क वितरण तथा कोरोना रोग रोकथाम नियन्त्रण तथा मास्क लगाउन प्रेरित गर्न चेतनामूलक माइकिङ समेत गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।
सप्ताह ब्यापी संचालित नेपाल मास्क अभियानका क्रममा लम्की बजारमा रेडक्रसले करिब दुई हजार पाँच सय भन्दा बढी नि:शुल्क मास्क वितरण गरेको सभापति तिमिल्सैनाले जानकारी दिनुभएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न श्रावण २३ गतेदेखि २९ गतेसम्म नेपाल मास्क अभियान संचालन गर्ने निर्णय गरेको थियो । अभियानका लागि 'म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु', 'म जिम्मेवार नेपाली' लगायतका नारा पनि मन्त्रालयले तय गरेको थियो । मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्ने ‘नेपाल मास्क अभियान" ले सहयोग पुर्याएको नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका कोषाध्यक्ष मोतिप्रसाद उपाध्यायले बताउनुभयो । मास्क अभियानमा मात्र नभएर रेडक्रसले कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गरिरह्र्को नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सचिव बिनोद आचार्यले बताउनुभयो । मास्क अभियान अन्तर्गत देशभरी स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउनुका साथै महिला स्वास्थ्य स्वयंसेवक मार्फत गाउँटोलमा सात दिनसम्म मास्कको महत्व र लगाउने तरिका बारे समेत सिकाइएको छ ।



