Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

पार्टी कार्यालयमा बैठक राख्न डाक्टर कोइरालाले गराए नेतृत्वको ध्यानाकर्षण

पार्टी कार्यालयमा बैठक राख्न डाक्टर कोइरालाले गराए नेतृत्वको ध्यानाकर्षण

  • समाचार
  • श्रावण २९, २०७८ शुक्रवार १९:११ बजे
  • 1.1K
    SHARES
  • पार्टी कार्यालयमा बैठक राख्न डाक्टर कोइरालाले गराए नेतृत्वको ध्यानाकर्षण
    • कर्णाली भ्यूज

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमै राख्न ध्यानाकर्षण गराएका छन् । पार्टी कार्यालयमा धर्ना भएको भन्दै बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बसेपछि केन्द्रीय सदस्य कोइरालाले नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।                                                 उनले धर्नामा बसेकाहरु आफ्नै पार्टी नेता कार्यकर्ता भएको उल्लेख गर्दै धर्नालाई देखाएर बैठक बाहिर राख्नु उचित नहुने बताएका हुन् । ‘आज दुख लागेको छ । सानेपाको कार्यालय छोडेर केन्द्रीय समिति बैठक यहाँ गर्दैछौं । पार्टी कार्यालयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन् । उनीहरुको माग हामीले सुन्नैपर्छ,’ केन्द्रीय समिति बैठकमा नेता कोइरालाले भने, ‘१३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो । मेरो बिनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं ।’                                                                                               उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार सञ्चालनमा ध्यान दिन आग्रह गरे । उनले सरकारलाई चाँडो पूर्णता दिन आग्रह गरे । साथै गठबन्धन सरकारसामु धेरै चुनौतिहरु रहेकाले सरकार चनाखो हुनुपर्नेमा उनको जोड थियो । त्यस्तै अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेसको प्रतिकुल रहेको नेता कोइरालाको भनाई थियो । ‘हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसंगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ । त्यसकारण पार्टीको सम्पुर्ण शक्ति सरकारलाई सफल बनाउँन केन्द्रित हुनुपर्ने देखिन्छ,’ उनले भने ।                                                        उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडो टुंग्याउनुपर्ने बताए । विषेश महाधिवेशन र म्याद थप्ने कुरा स्वीकार्य नहुने भन्दै उनले क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुन नसक्ने अडान राखेका छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images