Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

२२ जना नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामुहिक राजिनामा दिए

२२ जना नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामुहिक राजिनामा दिए

  • समाचार
  • श्रावण २९, २०७८ शुक्रवार २२:१५ बजे
  • 1.3K
    SHARES
  • २२ जना नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामुहिक राजिनामा दिए

    नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् ।                                      शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि जनाएको बैठकमा सहभागी केन्द्रीय सदस्यले बताए ।                                                   उनीहरुले कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएको भन्‍दै राजीनामा गरेका हुन् । पार्टीको क्षेत्रीय प्रतिनिधि सरह पनि हामीलाई अधिकार दिइएन, आमन्त्रित केन्द्रीय किरण पौडेलले भने, विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई विभेद गरिएकाले हामीले राजीनामा गरेका हौं ।’ कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिकलण्ठमा जारी रहेको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images