Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रधानमन्त्री देउवा र पुर्व कप्तान पारस खड्काबीच भेट

प्रधानमन्त्री देउवा र पुर्व कप्तान पारस खड्काबीच भेट

  • समाचार
  • श्रावण ३०, २०७८ शनिवार १५:०५ बजे
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री देउवा र पुर्व  कप्तान पारस खड्काबीच भेट

                                                                                प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।                                                                                                   प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन् । देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल र नेपालीको शीर उच्च बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहने समेत बताएका छन् ।                                                                   क्रिकेटर पारस खड्काले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकामा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् । गत वर्ष नेपाली टिमको कप्तानबाट राजीनामा दिएका पारसले अघिल्लो हप्ता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images