Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अध्यक्ष ओलीको अत्याचार सहन नसकिने वरिष्ठ नेता नेपालको भनाइ ।

अध्यक्ष ओलीको अत्याचार सहन नसकिने वरिष्ठ नेता नेपालको भनाइ ।

  • समाचार
  • श्रावण ३०, २०७८ शनिवार १५:३८ बजे
  • 754
    SHARES
  • अध्यक्ष ओलीको अत्याचार सहन नसकिने वरिष्ठ नेता नेपालको भनाइ ।

                                  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा नेता नेपालले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क परेर जाने स्थिति नभएको बताएका हुन् ।                                                                                   नेता नेपालले ओली पक्षका केही नेताले पार्टी एकताका नाममा सदस्यता नवीकरण र विधान महाधिवेशन रोक्न सकिने भने पनि महासचिवले हामी अघि बढिसक्यौं, आउने आउँछन्, नआउने आउँदैनन् भनेको पनि बताए । ‘के हामी लुरुक्क परेर जाने हो ? समर्पण गर्न जाने हो ? होइन’ उनले भने ।                                                              अध्यक्ष ओलीले हालसम्म गरेका कुनै निर्णयबाट पनि पछि नहटेको र कुनै निर्णय पनि फिर्ता नभएको नेता नेपालले बताएका छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images