Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो ,, वडा अधिवेशन भदौ १८ गते

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो ,, वडा अधिवेशन भदौ १८ गते

  • समाचार
  • श्रावण ३१, २०७८ आइतवार ०९:३५ बजे
  • 1.2K
    SHARES
  • नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो ,, वडा अधिवेशन भदौ १८ गते

                               नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि सरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो ।                                                                               नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ ।                                                     वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ । त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ । जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ । केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गते तोकिएको छ  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images