कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको श्री नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समुह , लम्कीचुहा २ , ५ कैलालीको चौथो वार्षिक साधारणसभा तथा सपथ ग्रहण सम्पन्न भएको छ । उपभोक्ता समूहको चौथो बार्षिक साधारण सभाबाट ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा बखत बहादुर बिष्ट, उपाध्यक्षमा भीम प्रसाद जैसी, सचिवमा चर्ना शाही, कोषाध्यक्षमा टेक बहादुर थापा, सदस्य सचिवमा तीर्थ राज डाँगी रहेका छन् । त्यस्तै सदस्यहरुमा तुली बि.क, पाना देवि खनाल, खगेन्द्र जैसी, कमल बटाला, सरिता रावल, नन्दाराम धमाला, मनिषा डाँगी, जानकी बटाला, शंकर बजगाई, फुलमती कार्की, पदम तिरुवा, लक्ष्मी पुन र भगवती प्रसाद ढकाल रहेका छन् । आज सोमबार लम्कीचुहा–२ मा रहेको समूहको कार्यालयमा कार्यसमितिको पदस्थापना भएको हो । निर्वाचन समितिका संयोजक मोती प्रसाद उपाध्यायले सामुदायिक बन उपभोक्ता महासंघका कैलाली जिल्ला अध्यक्ष कर्ण रावलको उपस्थितिमा पदस्थापना संगै सपथ ग्रहण गराएका थिए । अध्यक्ष बखत बहादुर बिष्टले वनमा पर्यावरणीय पर्यटनलाई जोड दिने बताए । ९४ करोडको गुरु योजना स्वीकृत भएको छ , १० करोडको योजनाको टेण्डर भएर कामको सुरुवात हुने चरणमा छ । यससंगै स्थानीय उपभोक्तालाई रोजगारीका अवसरहरु पनि प्रदान गरिने बताए । सामुदायिक बन उपभोक्ता महासंघका कैलाली जिल्ला अध्यक्ष कर्ण रावलले नयाँ कार्यसमितिलाई चुनौती र अवसर रहेको बताए । लम्कीचुहा नगरपालिका–२ र ५ मा ७१ हेक्टरमा फैलिएको सामुदायिक वनमा स्थानीय सरकार र संघीय सरकारको तीन करोड ५३ लाख रुपैयाँ लगानी रहेको छ । सामुदायिक बनमा सात सय ५५ उपभोक्ता रहेका छन् ।



