Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कैलालीको जानकी गाउँपालिकामामा अपांग महासंघद्वारा स्वास्थ्य सामाग्री तथा ह्वील चियर हस्तान्तरण ।

कैलालीको जानकी गाउँपालिकामामा अपांग महासंघद्वारा स्वास्थ्य सामाग्री तथा ह्वील चियर हस्तान्तरण ।

  • समाचार
  • भाद्र १, २०७८ मंगलवार १५:३२ बजे
  • 1.2K
    SHARES
  • कैलालीको जानकी गाउँपालिकामामा अपांग महासंघद्वारा स्वास्थ्य सामाग्री तथा ह्वील चियर हस्तान्तरण ।

                  कैलालीको जानकी गाउँपालिका वडा नं ६ मा राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका सदस्य तथा युवा नेता नरेन्द्र प्रसाद जैसी घोडासैनीको पहलमा र राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको सहयोगमा स्पाइनल इन्जुरी भएकाहरूलाई डाईफर उपलब्ध भए बमोजिम आइतबार डाईफर वितरण गरिएको छ ।                                                   कैलालीको जानकी गाउँपालिका वडा नं ६ स्थित २०६८ सालमा स्पाईनल ईन्जुरी भएका बौद्धिक व्यक्तित्व वासुदेव देवकोटालाई उहाँकै निवासमा पुगेर जानकी गाउँपालिकाकी उपाध्यक्ष उमादेवी महतोले डाईफर हस्तान्तरण गरेकी छन् ।                                                                                                 यस्तै समाजसेवी तथा बौद्धिक व्यक्तित्व वासुदेव देवकोटाले आफुसँग भएको रफ राइडर ह्ववील चियर १ थान उपाध्यक्षलाई हस्तान्तरण गरे ।                                                                        20210817_152201.jpg                                                                           उक्त ह्वील चियरको आवश्यकता भएको भन्दै अपांग महासंघ समक्ष र केही समाजसेवी समक्ष जानकारी गराएका जेष्ठ नागरिक जानकी गाउँपालिका वडा नं २ बढरीया निवासी धर्मराज रेग्मीलाई सोही दिन आइतबार नै घरमा पुगेर उपाध्यक्ष उमादेवी महतो , समाजसेवी सुर्य बहादुर बटाला , राष्ट्रिय अपांग महासंघ नेपालका निवर्तमान केन्द्रीय सदस्य मानबहादुर साउद , राष्ट्रिय अपांग महासंघ नेपाल सुदुरपश्चिम प्रदेश सदस्य नरेन्द्र प्रसाद जैसी घोडासैनी , जानकी गाउपालिका वडा नं २ का सदस्यहरू , टिकापुर बहुमुखी क्याम्पसका स्ववियु उपसभापति तथा युवा नेता भक्तराज देवकोटा जनप्रतिनिधि , पत्रकार लगायतको उपस्थितिमा ह्वील चियर हस्तान्तरण गरिएको हो ।                            20210817_152327.jpg                                               जानकी गाउँपालिकाकी उपाध्यक्ष उमादेवी महतोले अपांग भएका क्षेत्रमा पालिकाले काम गरिरहेको र सबै क्षेत्रमा काम गर्न नसकेको भन्दै सबै संघसंस्थासँग समन्वय गरेर आगामी दिनहरूमा काम गर्ने बताएकी छन् ।    20210817_152148.jpg                                                             आफुसँग भएको अर्को ह्वील चियर खाली रहेको भन्दै जानकारी गराएका मनकारी व्यक्तित्व वासुदेव देवकोटालाई धन्यवाद दिइएको थियो ।                                                          अनौपचारिक कार्यक्रम पश्चात् जानकी गाउँपालिका भित्र रहेका केही अपांगता भयका व्यक्तिहरु संग, महिला तथा बालबालिका शाखाका प्रमुखसंग अपांगता विषयक अापसि छलफल समेत गरिएको थियो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images