नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर गलत काम गरेको बताएका छन्। उनले संसद अधिवेशन हठात् अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्। युवा नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत।’ नेता थापाले केपी शर्मा ओली सरकारले उक्त विधेयक ल्याउँदा विरोध गर्नेहरुले आज शेरबहादुर देउवा सरकारले ल्याउँदा समर्थन गर्ने हक नभएको बताएका छन्। ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ‚’ ‚’ उनले उल्लेख गरेका छन्‚ विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।



