कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरबाट सालको रुख काटिरेहको अवस्थामा एक जनालाई पक्राउ गरिएको छ ।
बुधबार ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा–३ बल्चौरका २० वर्षीय सुरज महतोलाई कैलाशधाम सामुदायिक वनमा सालको रुख काटिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।
प्रहरीले सालको गोलिया ६ थान (८६.२६ क्युफिट) , फलामको हाते आरा २ थान, बन्चरो १ थान , ट्युब ५ थान समेत बरामद गरी सुरज महतोलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी सव–डिभिजन वन कार्यालय लम्कीमा पठाएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिएका छन् ।



