Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

विगतमा ३३ सिटमा खुम्च्याएर माधव नेपालले पार्टीबाट राजिनामा दिएको ओलीको आरोप

विगतमा ३३ सिटमा खुम्च्याएर माधव नेपालले पार्टीबाट राजिनामा दिएको ओलीको आरोप

  • समाचार
  • भाद्र ३, २०७८ बिहिवार १६:५८ बजे
  • 1.7K
    SHARES
  • विगतमा ३३ सिटमा खुम्च्याएर माधव नेपालले पार्टीबाट राजिनामा दिएको ओलीको आरोप

    नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालले विगतमा पार्टीलाई सिध्याएर राजीनामा दिएको आरोप लगाएका छन् ।                                                 बिहीबार भक्तपुरमा एमाले पार्टीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव पक्षले निकम्मा पनको पराकाष्टामा पुर्‍याएर पार्टी सिध्याएर छाडेको बताए । नेपालले २०६४ सालको चुनावमा २ सय ४० सिटमध्ये एमालेलाई ३३ सिटमा खुम्च्याएर मैले पार्टी ध्वस्त पारेँ भनेर राजीनामा दिएको दावी समेत गरेका छन् ।                                                             एमाले सिध्याउनुपर्छ भनेर आफ्नो सरकार हुँदाहुँदै प्रतिपक्षीलाई प्रधानमन्त्री खाइदेउ कि खाइदेउ भनेर हिँडेको र अहिले आएर पार्टी फुटाएरै छाडेको उनले उल्लेख गरे ।                         अध्यक्ष ओलीले सुदूरपश्चिममा आफ्नो पार्टीको बहुमत रहँदा पनि हुँदै नभएको माओवादीलाई काँधमा बोकेर सरकार दिएको, कर्णालीमा २० सिट आफ्नो पार्टीको हुँदा पनि माओवादीलाई बोकेर हिँडेको उनको आरोप थियो ।                                  नेता नेपालले हुँदाहुँदा बराबरी हैसियतको अध्यक्ष पद नै मागेको बताउँदै ओलीले दोश्रो तहको अध्यक्षसम्म दिन्छु भन्दापनि नमानेको बताए । 

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images