जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँधेका छन्। छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो। त्यहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन्। मोहनिया नगर परिषद्को वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँधिएको हो। उनलाई पोलमा बाँधेर यसको सूचना नगर पँचायतका अध्यक्षसहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ। वडा नं १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ। स्थानीयहरुलाई पैदल समेत हिडनको लागि समस्या भएपछि जनताहरूले वडाध्यक्षलाई बिजुलीको खम्बामा बाँधेका हुन् । स्रोत : एजेन्सी



