बलिउड चलचित्रमा समेत राम्रो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालालाई चलचित्र कलाकार संघले सदस्यता प्रदान गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २९ गते बसेको बैठकले कोइरालालाई मानार्थ सदस्यता प्रदान गरेको हो । ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी भएकोले कोइरालालाई सदस्यता प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिएका छन् । कोइरालासँगै चलचित्रकर्मी, समाजसेवी विष्णुगोपाल श्रेष्ठ , निर्माता राजकुमार राईलाई समेत संघले मानार्थ सदस्य प्रदान गरेको छ ।



