कैलालीको लम्कीचुहा १ लम्कीमा रहेको पिपुल्स सामुदायिक अस्पताललाई १ थान अक्सिजन कन्सन्ट्रेटर शुक्रबार हस्तान्तरण गरिएको छ । कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ लुसामा जन्मेका युवा व्यापारी दिल बहादुर कठायत हाल चिनको गनञ्जाओमा व्यापार गर्दै आएका छन् । लम्कीचुहा नगरपालिका १ लम्की अहिले बसोबास रहेको छ । कठायतले समाजसेवामा आफ्नो कमाइको केही भाग लगाउदै आएका छन् ।
उक्त १ थान अक्सिजन कन्सन्ट्रेटर लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष जनक बहादुर बम र कठायतका आमा अनितादेवी कठायतले पिपुल्स सामुदायिक अस्पतालका अध्यक्ष नेत्रप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जनक बहादुर बम , प्रदेशसभा समानुपातिक उम्मेदवार सुशिला शाही , पुर्व महाधिवेशन प्रतिनिधि रंगा भट्टराई , पिपुल्स सामुदायिक अस्पतालका अध्यक्ष नेत्रप्रसाद खनाल , पिपुल्स सामुदायिक अस्पतालका कोषाध्यक्ष तथा महिला नेतृ चन्द्रा सिंह , महिला नेतृहरू कल्पना गिरी , देवकी कार्की , शारदा बिष्ट , शिक्षक नवराज खनाल , पिपुल्स सामुदायिक अस्पतालका प्रशासन प्रमुख भरतराज खनाल लगायत विभिन्न व्यक्तित्वहरूको सहभागीता रहेको थियो । कठायतले १० थान अक्सिजन कन्सन्ट्रेटर पठाएका थिए । ९ थान वितरण भइसकेको छ । अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण पछि बोल्दै वडा अध्यक्ष जनक बहादुर बमले यस्तो महामारीको समयमा सहयोग गर्ने दिलबहादुर कठायत धन्यवादको पात्र भएको भन्दै सहयोगको लागि धन्यवाद दिएका छन् । अस्पतालका अध्यक्ष नेत्रप्रसाद खनालले सहयोगी मनका धनी दिलबहादुर कठायत, उहाकी आमा अनिता कठायत लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।



