Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

३२ महिनाको छोरा काखमा च्यापेर उपचार गर्नको लागि जादैगर्दा बसमा नै ढलिन धर्मा

३२ महिनाको छोरा काखमा च्यापेर उपचार गर्नको लागि जादैगर्दा बसमा नै ढलिन धर्मा

  • समाचार
  • भाद्र ५, २०७८ शनिवार ११:३२ बजे
  • 1.6K
    SHARES
  • ३२ महिनाको छोरा काखमा च्यापेर उपचार गर्नको लागि जादैगर्दा बसमा नै ढलिन धर्मा

    रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटलागाउँ (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटालाले ३२ महिनाकाे छोरालाई बसको सिटमा दूध चुसाउदै मृत्युवरण गरेको एउटा हृदय विदारक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।                                                                             धेरैले उक्त तस्बिर फेसबुकमा राख्दै मर्मस्पर्शी स्टाटस राखिरहेका छन् । धेरैले उक्त तस्बिर कहाँकाे हाे के भएको भन्ने प्रस्ट पारेका छैनन् । उक्त धेरैलाई रुवाउने हृदय विदारक तस्बिर रुकुम पश्चिम आठबिसकाेट बाट नेपालगन्ज आफ्नो उपचार गर्न जादै गरेकि धर्मकुमारी बटलाकाे बसकाे सिटमा अचानक मृत्यु भएको तस्बिर हाे ।                                                               बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि धर्माकुमारी नाबालक छोराको साथ बसमा यात्रा गरिरहेकि थिइन ।स्थानीय शिक्षक तिलक बटालाका अनुसार उनी मुटुको बिरामी समेत थिइन ।उनको बाटोमा दुखत निधन भएको हाे । श्रीमती धर्माकुमारी बसमा चढेपछि दलबहादुर निरन्तर फाेनमा सम्पर्क गरिरहेका थिए।                                                                                         बाटो बाटोमा निरन्तर फाेन गरेको र आफू सामान्य अवस्थामा छु भनेर जानकारी गराएकि श्रीमतीकाे अचानक मृत्यु भएको खबरले श्रीमान दल बहादुर यतिबेला निकै विछिप्त छन् ।बर्दियाको हर्ले लेक नजिकै यात्रामै धर्मकुमारी चिरनिद्रामा परेर संसार छाडेको यात्रुहरु बताउँछन ।                                                     धर्माकुमारीकाे माइत डडेलधुरा हाे ।उनको मृत्युको खबरले रुकुम पश्चिम आठविसकाेट नगरपालिका र उनको माइत यतिबेला शाेकमग्न अवस्थामा छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images