Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

फोहोरले भरिएको आमपानी पर्यटकीय क्षेत्र लम्की जेसीजले पहिलोपटक सरसफाइ गर्‍यो

फोहोरले भरिएको आमपानी पर्यटकीय क्षेत्र लम्की जेसीजले पहिलोपटक सरसफाइ गर्‍यो

  • समाचार
  • भाद्र ५, २०७८ शनिवार २१:४८ बजे
  • 1.3K
    SHARES
  • फोहोरले भरिएको आमपानी पर्यटकीय क्षेत्र लम्की जेसीजले पहिलोपटक सरसफाइ गर्‍यो

    लम्की जेसीजको आयोजनामा आमपानी पर्यटकीय क्षेत्रमा सरसफाई तथा डस्टबिन राख्ने कार्यक्रम शनिबार सम्पन्न भएको छ । आमपानी पर्यटकीय क्षेत्रसँगै पिकनिक स्पोर्टको रुपमा चिनिएको आमपानी सबैको रोजाइ बन्ने गरेको छ ।                              20210821_214337.jpg                                                                आमपानी क्षेत्रमा घुम्न जाने आन्तरिक पर्यटकहरू विभिन्न खानेकुरा लिएर खाने र डस्टबिन नभएका कारण फोहोर जथाभावी फालिने गरिएको थियो । लम्की जेसीजले त्यहाँ फालिएका फोहोरहरू टिपेर व्यवस्थापन गर्नुका साथै डस्टबिन राखेर आगामी दिनहरूमा पिकनिक खान जानेहरूले फोहोर डस्टबिनमा फाल्न सहज हुने भएको छ । आमपानी पर्यटकीय क्षेत्र सरसफाइसँगै डस्टबिन राखिएको हो ।      20210821_214357.jpg                                     लम्की जेसीज वर्ष २०२१ का अध्यक्ष घनश्याम डांगीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशसभाका सांसद रतन बहादुर थापा रहेका थिए ।                       अतिथिमा समाजसेवी दल बहादुर बिष्ट , लम्की जेसीजका संस्थापक अध्यक्ष सिनेटर हेमन्त कुमार बस्नेत , नेपाल जेसीका पुर्व राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटी , लम्की जेसीजका पुर्व अध्यक्ष तथा कानुनी सल्लाहकार मोहनराज ढुंगाना , महासचिव रज बहादुर थापा , लम्की जेसीजका स्वास्थ्य संयोजक भरतराज खनाल , शाखा सम्पादक कल्पना तिमिल्सेना , लम्की जेसीजका उपाध्यक्ष ममता रावल , बसन्ती बलामी मगर , तालिम संयोजक नेत्रप्रसाद जैसी लगायत विभिन्न व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।                                                  करिब १० डरमभन्दा बढी फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ ।          20210821_214247.jpg                      20210821_214429.jpg                 कार्यक्रम बोल्दै प्रदेश सांसद थापाले आमपानी क्षेत्रको विकासका लागि आफू लागिरहेको बताएका छन्। सांसद थापाले आजको आवश्यकता सरसफाइ भएकाले युवाहरू मिलेर सरसफाइ गरेकोमा प्रशंसा गरेका थिए । सकेसम्म फोहोर नगर्नु नै राम्रो हुने समेत सांसद थापाले बताए ।            20210821_214414.jpg                                                                  लम्की जेसीज वर्ष २०२१ का अध्यक्ष घनश्याम डांगीले सरसफाइ नै समाजको पहिलो आवश्यकता भएकाले लम्की जेसीजले सरसफाइसँगै डस्टबिन राखेको बताए । आगामी दिनहरूमा सबैले डस्टबिनमा फोहोर फाल्नुपर्ने र फोहोरको व्यवस्थापनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।                                                  20210821_214446.jpg                लम्की जेसीज वर्ष २०२१ को आयोजनामा आमपानी पर्यटकीय क्षेत्र सरसफाइ गरिएको यो पहिलो पटक हो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images