Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

क्रियाशील विवाद समाधान कार्यदलले सभापतिलाई आज प्रतिवेदन बुझाउने

क्रियाशील विवाद समाधान कार्यदलले सभापतिलाई आज प्रतिवेदन बुझाउने

  • समाचार
  • भाद्र ६, २०७८ आइतवार १३:२८ बजे
  • 1.5K
    SHARES
  • क्रियाशील विवाद समाधान कार्यदलले सभापतिलाई आज प्रतिवेदन बुझाउने

    नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगो लगाउने जिम्मेवारी पाएको कार्यदलले आज (आइतबार) सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ।                      क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानको खाका तयार पारेर कार्यदलले आइतबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई प्रतिवेदन बुझाउन लागेको हो।  विवाद समाधानको खाकालाई अन्तिम रुप दिएर आज दिउँसो सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिए।                                                                            ‘अधिकांश ठाउँमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद हामीले पहिलेनै समाधान गरिसकेको थियौं। बाँकी रहेका केही ठाउँकोे विवाद मिलाएर हामीले आज प्रतिवेदन बुझाउन लागेका छौं,’                                                         पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा थप निर्णय पदाधिकारी बैठकले गर्ने बताइएको छ। 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images