Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अफगानिस्तान छाड्नेको भिड विमानस्थलमा बढेपछि ७ जनाको मृत्यु ।

अफगानिस्तान छाड्नेको भिड विमानस्थलमा बढेपछि ७ जनाको मृत्यु ।

  • समाचार
  • भाद्र ६, २०७८ आइतवार २०:३२ बजे
  • 1.3K
    SHARES
  • अफगानिस्तान छाड्नेको भिड विमानस्थलमा बढेपछि ७ जनाको मृत्यु ।

    तालिबान काबुल फर्केपछि मुलुक छाड्न चाहने अफगानीहरूको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भिड जम्मा भएको छ । विमानस्थल बाहिर पनि हजारौँ अफगानी जम्मा भएका छन् । त्यही भिडमा ठेलमठेल हुँदा शनिबार ७ जना अफगानीले ज्यान गुमाएका छन् ।                                       मृतकको संख्या बेलायती रक्षा मन्त्रालयले दिएको हो । ‘अफगानिस्तानमा स्थिती बिग्रदो छ । अफगानिस्तान छाड्न काुबल अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा अफगानी पुगेका छन् । भिडमा ठेलठेल हुँदा ७ जनाले ज्यान गुमाएका छन्,’ बेलायती रक्षा मन्त्रालयले भनेको छ ।                                  काबुलमा रहेका बेलायती पत्रकारहरुका अनुसार दशौँ हजार अफगानी काबुल विमानस्थलमा जम्मा भएका छन् । भिडलले विमानस्थलको गेट पनि भत्काएको छ ।                                बेलायती टेलिभिजन स्काई स्पोटर्समा प्रशारण गरिएको भिडियो फुटेजमा विमानस्थलमा रहेका विदेशी सुरक्षाकर्मीहरुले भिड रोक्न र ठेलमठेलमा घाइते भएका अफगानीहरुलाई उद्धार गर्ने प्रयास गरिरहेको देखिन्छ ।   रोयटर्सबाट 


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images