नेकपा माओवादी केन्द्रले सरकार पठाउने मन्त्रीको नाम टुंग्याउन नसकेपनि प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी, विभागको प्रमुख र जिल्ला इन्चार्ज भने तोकेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी र विभागको प्रमुख तोकेको हो । माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले सातमध्ये ६ वटा प्रदेश इन्चार्ज तोकेको छ। जसमध्ये प्रदेश नं २ मा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट चयन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रदेश नं १ मा इन्चार्जको टुंगो लागेको छैन् ।



