Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस क्रियाशील विवाद समाधान समितिको प्रतिवेदन सभापतिलाई बुझाइने

नेपाली कांग्रेस क्रियाशील विवाद समाधान समितिको प्रतिवेदन सभापतिलाई बुझाइने

  • समाचार
  • भाद्र ७, २०७८ सोमवार १४:०५ बजे
  • 1.2K
    SHARES
  • नेपाली कांग्रेस क्रियाशील विवाद समाधान समितिको प्रतिवेदन सभापतिलाई बुझाइने

    नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज सोमबार त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ ।                                                                      क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।                                                             उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मेवारी दिएको थियो । सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको भए पनि क्रियाशील सदस्यताको विवाद समयमै समाधान हुन नसक्दा आज मात्रै सभापतिलाई बुझाउन लागिएको हो ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images