लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको लिएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा केसीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए भने प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रदेश सभा बैठक नै बहिष्कार गरेका थिए। मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभामा घोषणा गरेका थिए भने एकजना सांसद तटस्थ बसेका थिए । प्रदेश सभामा ८० जना सांसद छन्। सोमबार भएको मतदानमा ४३ जना सांसद उपस्थित रहेका थिए। नेकपा माओवादी केन्द्रका केसीलाई नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस, जसपाका सांसदको समर्थन रहेको छ।



