Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कैलालीको लम्कीचुहामा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

कैलालीको लम्कीचुहामा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

  • समाचार
  • भाद्र ७, २०७८ सोमवार २०:३३ बजे
  • 1.2K
    SHARES
  • कैलालीको लम्कीचुहामा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

    कैलालीको लम्कीचुहामा थरुहट-थारुवान संयुक्त मोर्चाले सोमबार प्रदर्शन गरेको छ । थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ सालमा भदौ ७ गते भएको टीकापुर घटनालाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो ।                                                 संयुक्त मोर्चाले लम्कीचुहा नगरपालिकाको बलिया चोकदेखि भल्का चोकसम्म विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रदर्शनमा उनीहरुले रेशम चौधरीसहित टीकापुर घटनाका सबै बन्दी नि:शर्त रिहाइ गरिनुपर्ने, राज्यका हरेक निकायमा थारु समुदायको प्रतिनिधित्व हुनुपर्ने, आन्दोलनका क्रममा उठाइएका मागहरु पूरा गर्नूपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।                                                                कैलालीको टीकापुरमा ६ वर्ष अघि भएको थरुहट आन्दोलनले हिंसात्मक रुप लिदा नेपाल प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशमलाल चौधरीसहितका ११ जनालाई जन्मकैदलको फैसला सुनाएको थियो। कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरी अहिले पनि जेलजीवन बिताइरहेका छन् ।                                              २०७२ सालमा घटना घटेपछि उक्त घटनामा चौधरी संग्लन रहेको आरोप लागेको थियो । उक्त आरोप लागेपछि फरार रहेका चौधरी फरार रहेकै अवस्थामा चौधरीले क्षेत्र नं १ बाट अत्यधिक मत ल्याएर निर्वाचन समेत जितेर संघीय सांसद समेत बनेका थिए


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images