नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफुलाई दिल्लीबाटै सनाखत गर्ने व्यवस्था मिलाईदिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आयोगले माधव नेपाल नेतृत्वको नयाँ दल दर्ताका लागि बुधबार केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्दैछ । त्यसका लागि बुधवार बिहान साढे ११ बजेदेखि २ बजेसम्म आयोगको कार्यालयमा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने छ । तर खनाल दिल्लीमा उपचाररत रहेकाले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दैै पत्र पठाएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । सचिव अधिकारीका अनुसार खनालले आफूले नेकपा एमाले त्यागेको र एकीकृत समाजवादीमा रहेको जानकारी पनि गराएका छन् ।



