Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

२०७५ जेठ २ अघिकै अवस्थामा फर्किन नेकपा एमाले स्थायी कमिटी बैठकको आग्रह

२०७५ जेठ २ अघिकै अवस्थामा फर्किन नेकपा एमाले स्थायी कमिटी बैठकको आग्रह

  • समाचार
  • भाद्र ८, २०७८ मंगलवार २०:१३ बजे
  • 1.7K
    SHARES
  • २०७५ जेठ २ अघिकै अवस्थामा फर्किन नेकपा एमाले स्थायी कमिटी बैठकको आग्रह

    नेकपा एमालेले सबै संगठनलाई २०७५ सालको जेठ २ गते पूर्वकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । ललितपुरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरेको हो ।                                                                                                    पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै मंगलबारको बैठकले यस्ताे निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गते अघिकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरु पनि एमालेमै फर्किएका छन् ।                                                       बैठकमा माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी भएका थिए ।                                         यस्तै माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा सहभागी भएका थिए ।                                                      बैठकले सबैलाई मूल पार्टीमै फर्कन आग्रह गरेको र पार्टीमा फर्कनेहरूलाई कुनै कारबाही नहुने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images