प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत भएकाले दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । ९ ३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ -१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।



