Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

टिकटकका कारण परीक्षा रद्द

टिकटकका कारण परीक्षा रद्द

  • समाचार
  • फाल्गुण ६, २०७७ बिहिवार १०:०६ बजे
  • 529
    SHARES
    • कर्णाली भ्यूज

    सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

    परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । 

    आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र  शाहीलाई  राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ । विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकाले परीक्षा रद्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।  

    त्यसैगरी टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images