Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पत्रकार र महिला नेतृको दम्पती एउटै कार्यक्रममा सम्मानित

पत्रकार र महिला नेतृको दम्पती एउटै कार्यक्रममा सम्मानित

  • समाचार
  • भाद्र ११, २०७८ शुक्रवार १९:१२ बजे
  • 1.6K
    SHARES
  • पत्रकार र महिला नेतृको दम्पती एउटै कार्यक्रममा सम्मानित

    पत्रकार र महिला नेतृको दम्पती एउटै कार्यक्रममा सम्मानित पत्रकारिता र महिला अधिकारको क्षेत्रमा योगदान गरेको भन्दै पत्रकार र महिला नेतृको एक दम्पती एउटै कार्यक्रममा सँगै सम्मानित भएका छन् ।      received_539373790611886.jpeg                                              “जसको कोही छैन त्यसको हामी छौं” अभियान नेपालले आयोजना गरेको दलित र गैरदलित बीच भएको सहभोज र सम्मान कार्यक्रममा पत्रकार तथा मानव अधिकारकर्मी धनराज विक र महिला नेतृ एवम् जनकलाकार बिस्ना बिसी सपना शनिबार सम्मानित भएका हुन् ।                received_1025537864858002.jpeg                                                       कार्यक्रमका सभाध्यक्ष नेत्र प्रसाद भण्डारी र प्रमुख अतिथि देउकला बादीले फूलमाला दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । सम्मानित हुने अनुमोदन दैनिकमा कार्यरत विक र बिसीको सामाजिक योगदानको बारेमा चर्चा समेत गरिएको थियो । सशस्त्र द्धन्दको समयमा विद्यार्थी जीवन बाटै मानव अधिकार र पत्रकारिताको क्षेत्रमा काम गर्दै आएका बिकले तत्कालीन समयमा राप्ती अञ्चलको रुकुम, रोल्पा, प्यूठान जिल्ला हुँदै सुर्खेत र कैलाली बाट सम्मानित भएको र पत्रकारिता र मानव अधिकारको क्षेत्रमा अतुलनीय योगदान दिए बापत सम्मानका लागि छनौट गरेको भण्डारीले बताए ।        received_6043801762328578.jpeg                                                                                        २०५८ सालदेखि जनयुद्धमा भूमिगत भएर अहिले सम्म जनताको पक्षमा जनवादी गीत गाउदै महिला अधिकारको पक्षमा सशक्त आवाज उठाउँदै आएकी बिसीले जातीय विभेदका विरुद्ध अन्तरजातीय विवाह गरेर परिवर्तनको सुरुवात आफैबाट गरि उदाहरणीय काम गरेकोले सम्मान गरेको जसको कोही छैन त्यसको हामी छौं अभियान नेपालका महासचिव हर्क बिष्टले बताए ।                                                                     सम्मानित भएका दम्पतीको बारेमा सामाजिक सञ्जाल र गाउँ समाजमा अहिले जताततै चर्चा चलेको छ । बिक र बिसीले सम्मानित हुने गरि सामाजिक काममा निरन्तर अग्रसर हुँदै आएको स्थानीय देवकी बुढाले बताइन ।                                                received_528791251529651.jpeg                                                           सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिदै बिबिसी नेपाली सेवा काठमाण्डौमा कार्यरत पत्रकार नेत्र केसीले धेरै पहिले समाजमा सम्मानित हुनुपर्ने जोडी हो ढिलै भएपनि सम्मानित भएकोले आफूलाई खुशी लागेको उनले लेखेका छन् ।                                                                                       त्यसैगरी शिक्षा क्षेत्रमा योगदान दिए बापत प्रतापसिंह थापा र सफल व्यवसायीको रुपमा अन्टुलाल चौधरी पनि कार्यक्रममा सम्मानित भएका थिए ।                                                            प्रमुख अतिथि देउकला बादीले पस्केर दिएको खाना कार्यक्रममा सहभागी सबैले खाएर सहभोज सम्पन्न भएको थियो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images