नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्घाटनमा कांग्रेसका नेताहरु उपस्थित भएका थिए । उनले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसकेका छन्। देउवाले भने सभापतिमा दाबेदारी नगर्न आग्रह गर्दै आएका छन्। लामो समयसम्म देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।



