Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्यानिटाइजर पिउदा कैलालीमा एकजनाको मृत्यु

स्यानिटाइजर पिउदा कैलालीमा एकजनाको मृत्यु

  • समाचार
  • भाद्र १२, २०७८ शनिवार ०९:३० बजे
  • 1.0K
    SHARES
  • स्यानिटाइजर पिउदा कैलालीमा एकजनाको मृत्यु

    कैलालीको धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।                                                                                   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ९ गते स्यानिटाइजर पिएर घरमै बसेका उनको शुक्रबार मृत्यु भएको हो। ‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारको लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो।                                                                                               घरमा पुगेपछि स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि निसर्ग अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images