Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडे

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडे

  • समाचार
  • भाद्र १२, २०७८ शनिवार २०:५१ बजे
  • 1.3K
    SHARES
  • नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले  अनशन तोडे

    नेपाली कांग्रेसका शीर्ष नेताहरूले माग पूरा गर्ने आश्वासन दिएपछि नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले चार दिनदेखिको अनशन तोडेका छन् । उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट निरन्तर अनशन गर्दै आएका थिए ।                                                             नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले जनाएका थिए ।                                 उक्त प्रतिबद्धतापछि अनशन तोड्न तयार भएका जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट संयोजक कृष्णप्रसाद सिटौला तथा सदस्यहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखकले पार्टी कार्यालय पुगेर अनशन तोडाएका हुन् ।                                                        उनीहरूले शीर्ष नेताहरुबीचको सहमति जानकारी गराउँदै जिल्ला सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने आश्वासन दिएपछि जिल्ला सभापतिहरूले अनशन फिर्ता गर्न सहमत भएका हुन् ।                                                                            जिल्ला सभापतिहरूले ७७ वटै जिल्लाको वडामा एकै पटक अधिवेशन प्रारम्भ गर्न , एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वत महाधिवेशन प्रतिनिधि हुने र महासमिति सदस्यको निर्वाचनमा भाग लिन पाउने तथा क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न र त्रुटी भएको भए सच्याउनु पर्ने माग राखेर अनशन सुरु गरेका थिए । त्यो माग पूरा गर्न सभापति देउवा र नेता पौडेल सहमत भएका हुन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images