नेकपा(एकीकृत समाजवादी)संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्।आइतबार बसेको नेकपा(एकीकृत समाजवादी)को संसदीय दलको बैठकले नेपाललाई संसदीय दलको नेता चयन गरेको हो। नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्। बुधबार निर्वाचन आयोगले एकीकृत समाजवादीको दलको मान्यता दिएको थियो । शुक्रबार आयोगले एकीकृत समाजवादीका २३ सांसदको नाम संसद सचिवालयमा पठाएको थियो। यस्तै नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन्। एकीकृत समाजवादीका राष्ट्रिय सभामा ७ सांसद रहेका छन्।



