Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सन नेपालद्वारा ५ लाख ५७ हजार बिमा दावी रकम हस्तान्तरण

सन नेपालद्वारा ५ लाख ५७ हजार बिमा दावी रकम हस्तान्तरण

  • समाचार
  • भाद्र १४, २०७८ सोमवार ११:२५ बजे
  • 1.5K
    SHARES
  • सन नेपालद्वारा ५ लाख ५७ हजार बिमा दावी रकम हस्तान्तरण

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले ३ वर्ष अघि १५ वर्षे अवधीका लागि ५ लाखको जीवन बिमा गर्नुभएका स्वर्गीय विमित जमान सिंह देउवाको परिवारलाई ५ लाख ५७ हजार मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।        FB_IMG_1630301813151.jpg                                                              लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य समेत रहेका मृतक देउवाको २०७८ साल वैशाख १३ गते कोरोना रोगबाट मृत्यु भएको थियो ।                                                               सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कैलालीका शाखा प्रबन्धक लक्ष्मीकान्त जैशी तथा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य प्रबल रोकायाले आइतबार मृतक देउवाकी धर्मपत्नी लक्ष्मी ठकुराठीलाई बिमाङ्क रकम र बोनस बाफत ५ लाख ५७ हजार बराबरको चेक हस्तान्तरण गरिएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लम्की उपशाखा प्रमुख डम्बरबहादुर न्यौपानेले जानकारी दिनुभएको छ ।                          received_216158000477298.jpeg                                                                              मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चुहा उपशाखाका सभापति समाजसेवी तथा युवा नेता टंक जोशी, कम्पनीका अभिकर्ता लोकराज जोशी, कम्पनीका कर्मचारी विष्णु भण्डारी लगायतकाको उपस्थिति रहेको थियो ।


    कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images