Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जुलुस गर्न हामीसँग पैसा छैन: देउवा

जुलुस गर्न हामीसँग पैसा छैन: देउवा

  • समाचार
  • फाल्गुण ६, २०७७ बिहिवार ११:०७ बजे
  • 517
    SHARES
    • कर्णाली भ्यूज

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतले गर्ने फैसला कुर्न आग्रह गरेका छन्।

    जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? भनेर उनले प्रश्न गरेका छन्।

    ‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित पैसा पनि छैन। ठाउँ/ठाउँमा जुलुस पुर्‍याउन पनि सक्दैन। जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ? जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? त्यत्रो जुलुस ल्याउन हामीसित पैसा पनि छैन,’ देउवाले भने। 

    नेपाल राष्ट्रिय मगर संघको पोखरामा भएको गण्डकी प्रदेश सम्मेलनमा बोल्दै देउवाले कांग्रेसका क्रियाशील सदस्य आन्दोलनमा बोलाए पनि नआउने दाबी गरे।

    हाम्रा क्रियाशील आउँदा पनि आउँदैनन्, क्रियाशील दिने बेला मारामार हुन्छ,’ उनले भने, ‘क्रियाशील आउँदा पनि आउँदैनन्। चुनावमा क्रियाशील सबैलाई चाहिन्छ।’

    प्रधानमन्त्री ओलीले हठात् संसद विघटन गरेर ठूलो ध्रुवीकरण गरेको देउवाको दाबी छ।

    ‘कोही यो ठिक हो भन्छ, कोही ठिक होइन भन्छ,’ उनले भने, ‘चार वटा कुरा छ, संसद विघटन संवैधानिक कि असंवैधानिक र संसद पुनर्स्थापना कि चुनाव।’

    कांग्रेसले के गर्ने भन्नेबारे मिटिङ भइरहेको देउवाले बताए।

    ‘अब हाम्रो पार्टीले के गर्ने भन्ने कुरा मिटिङ भइराख्या छ। मिटिङ चल्या–चल्यै छ,’ उनले भने, ‘कोही भन्नुहुन्छ संसद फिर्ता हुन्छ, कोही चुनाव हुँदा हामीलाई फाइदा हुन्छ भन्नुहुन्छ।’

    संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले अदालतलाई यसो गर उसो गर भन्न नमिल्ने बताए। 

    ‘अहिलेको बेला मेरो भनाइ अदालतलाई यसो गर उसो गर भन्न पाइँदा पनि पाइँदैन। अदालतले पुनर्स्थापना गर्छ स्वीकार गर्छु, चुनाव गरोस् स्वीकार गर्छु। त्यसको अर्थ अदालतलाई मान्छु। त्यसकारण अदालतको निर्णय पर्खौं, अदालतले जे भन्छ त्यही स्वीकार गर्छौं,’ देउवाले भने। 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images