Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सत्ता गठबन्धनद्वारा मन्त्रीपरिषद्लाई छिट्टै पुर्णता दिने विषयमा छलफल

सत्ता गठबन्धनद्वारा मन्त्रीपरिषद्लाई छिट्टै पुर्णता दिने विषयमा छलफल

  • समाचार
  • भाद्र १४, २०७८ सोमवार १२:२८ बजे
  • 1.1K
    SHARES
  • सत्ता गठबन्धनद्वारा मन्त्रीपरिषद्लाई छिट्टै पुर्णता दिने विषयमा छलफल

    सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद्लाई छिटै पूर्णता दिने विषयमा छलफल गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।                                                  गठबन्धन दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भए आजै सम्बन्धित दलले मन्त्री बन्नेको नाम दिने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा सोमबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु सहभागी रहेका थिए ।                                                                                        यस्तै, सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको  घटनाबारे सरकारको अडान प्रष्ट पार्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । गएको साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन फुकाइ दिँदा धामी महाकालीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको अनुसन्धानका लागि सरकारले छानबिन समिति बनाए पनि अझै प्रतिवेदन सार्वजनिक भएको छैन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images