Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मृगौला प्रत्यारोपण गरेर स्वदेश फर्किए नेकपा एसका नेता खनाल

मृगौला प्रत्यारोपण गरेर स्वदेश फर्किए नेकपा एसका नेता खनाल

  • समाचार
  • भाद्र १४, २०७८ सोमवार १८:०४ बजे
  • 1.5K
    SHARES
  • मृगौला प्रत्यारोपण गरेर स्वदेश फर्किए नेकपा एसका नेता खनाल

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपाण गरेर सोमबार स्वदेश फर्किएका छन्। भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपराह्न स्वदेश फर्किएका हुन्।                                                           खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो।                                                                                     खनाल दिल्लीमा रहेका बेला नेपालमा कैयौं राजनीतिक घटना भएका छन्। संसद् विघटनको निर्णय उल्ट्याउने सर्वोच्चको निर्णय, प्रधानमन्त्रीबाट केपी ओलीको बहिर्गमन र शेरबहादुर देउवाको नियुक्ति, दल विभाजनसम्बन्धी अध्यादेश, प्रदेशहरूमा मुख्यमन्त्रीको परिवर्तन नेकपा एमालेमा विभाजन यही अवधिमा भएका छन्।

  • सम्बन्धित विषय:

  • # suryathapa

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images