Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • समाचार
  • भाद्र १५, २०७८ मंगलवार २०:५६ बजे
  • 1.4K
    SHARES
  • नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाली कांग्रेस १४ औं महाधिवेशनको प्रचारात्मक अभियान अन्तर्गत सहकार्य , सहमति र सह - अस्तित्व , एकता मेलमिलाप एवं सद्भावको भावना प्रवाह का लागि क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रम मंगलबार लम्कीमा सम्पन्न भएको छ । नेपाली कांग्रेस क्षेत्र नं २ क्षेत्रीय कार्य समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।          20210831_204543.jpg                                                                         कार्यक्रममा बोल्दै महासमिति सदस्य तथा संविधानसभा सदस्य मानबहादुर महतोले सबै मिलेर एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । महतोले नेपाली कांग्रेसमा पहिलेदेखि लागेका नेता तथा कार्यकर्ताको सम्मान गर्न सक्नुपर्ने बताएका थिए ।                                                                            कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता कमल बहादुर शाहले सहमति , सहकार्य र एकता गरेर अगाडि बढेको खण्डमा आफू तयार रहेको बताउनुभयो । सहमति , सहकार्य र एकता भनेर आफुले पार्टीमा मिलेर जान तयार रहेको र यदि मिलेर जाउ भनेर प्रस्ताव गरिदा कमजोर भएर भनिएको होकि भनेर नसोच्न बताउनुभयो। पार्टीको महाधिवेशनलाई कसरी सफल पार्न सकिन्छ भनेर आफ्नो तर्फबाट निरन्तर लागरिहेको बताउनुभयो ।                                          20210831_204604.jpg                                                               कार्यक्रममा बोल्ने वक्ताहरूले पार्टी एकतामा जोड दिदै सबै मिलेर जानुपर्ने बताएका थिए ।                                                                                नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भक्त बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि , पुर्व महासमिति सदस्य , पुर्व महाधिवेशन प्रतिनिधि , जिल्ला सदस्यहरू , पार्टीका नेता तथा क्रियाशील सदस्यहरूको सहभागीता रहेको थियो । क्षेत्रीय उपसभापति तथा क्षेत्र नं २ प्रदेश " क "का सभापति डम्बर बहादुर भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव तेजप्रताप मल्लले गरेका थिए ।          20210831_210030.jpg                                                                 नेकपा माओवादी केन्द्र कैलालीका जिल्ला सदस्य तथा लम्कीचुहा नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार रतिसिंह भुल पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका बताइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images