Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

युवा विद्यार्थी नेताहरू मयाल र जनालाको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण

युवा विद्यार्थी नेताहरू मयाल र जनालाको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • समाचार
  • भाद्र १६, २०७८ बुधवार १२:३३ बजे
  • 2.6K
    SHARES
  • युवा विद्यार्थी नेताहरू मयाल र जनालाको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण
    • कर्णाली भ्यूज

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ व्यवस्थित नगरमा रहेको आधारभूत स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्य सामाग्री बुधबार हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्रीहरूमा सर्जिकल मास्क, के. एन–९५ मास्क, सेनिटाइजर, पल्स अक्सोमिटर, डिजिटल थर्मोमिटर, अक्सिजन कन्सन्ट्रेटर , थर्मोगन, लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।                        20210901_123014.jpg                                                               लम्कीचुहा नगरपालिका वडा नं ३ का अध्यक्ष भक्तबहादुर चलाउनेले स्वास्थ्य इकाई केन्द्र प्रमुख अर्जुन ताम्राकारलाई हस्तान्तरण गर्नु भएको हो । नेपाल विद्यार्थी संघका युवा नेता तथा युवा समाजसेवीहरू प्रताप मयाल र अरुण जनालाको समन्वय तथा पहलमा स्वास्थ्य सामाग्रीहरू लम्कीचुहा नगरपालिकाका वडा नं ३ आधारभूत स्वास्थ्य इकाई केन्द्रलाई हस्तान्तरण गरिएको हो ।              20210901_122959.jpg                                                                   स्वास्थ्य सामाग्रीहरू पहलकर्ताहरूमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता कमल बहादुर शाह, समानुपातिक उम्मेदवार एवं महिला नेतृ शुशिला शाही , नेपाली कांग्रेसका निवर्तमान क्षेत्रीय सभापति देवानन्द जैसी , लम्कीचुहा नगर सभापति रामबहादुर बिष्ट , नेपाली कांग्रेस कैलालीका आमन्त्रित सल्लाहकार सदस्य तथा समाजसेवी खडानन्द सापकोटा , नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य चन्द्रबहादुर विक लगायतकाले पहल गर्न सहयोग गरेका थिए ।                                            20210901_122944.jpg                                                           स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य विभाग टेकु काठमाडौंबाट पहल गरेर ल्याइएको हो । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा , यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सेवा विभाग टेकुको सिफारिसमा अत्यावश्यक सामाग्रीहरु ल्याइएको हो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images