नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधि पनि खुल्न थालेका छन । मंगलबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगरले नेकपा एकीकृत समाजबादी पार्टीमा सनाखत गरेकी छन् । प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यलयमा पुगेर अध्यक्ष बुढामगरले नेकपा (एस) मा सनाखत गरेकी हुन । कार्यबाहक अध्यक्ष बुढामगरसंगै २ जना वडा सदस्यले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।



