Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस वडा अधिवेशनको सरगर्मी बढ्यो , उम्मेदवारीले मत माग्न थाले

नेपाली कांग्रेस वडा अधिवेशनको सरगर्मी बढ्यो , उम्मेदवारीले मत माग्न थाले

  • समाचार
  • भाद्र १७, २०७८ बिहिवार १५:०५ बजे
  • 1.8K
    SHARES
  • नेपाली कांग्रेस वडा अधिवेशनको सरगर्मी बढ्यो , उम्मेदवारीले मत माग्न थाले

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार हुने वडा अधिवेशनको सरगर्मी बढेको छ । निषेधाज्ञाकै बेला हुन लागेको   तनहुँ जिल्लाका वडा अधिवेशनमा वडा सभापतिका आकांक्षी यतिबेला नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।                                                                                              उम्मेद्वारहरूले सामाजिक सञ्जालमा समेत मत माग्न थालेका छन् । चिया पसल, चौतारी, चोकचोकमा वडा अधिवेशनको चर्चा चुलिएको छ । कसले कुन वडामा सभापति जित्छ भन्ने चासो र विश्लेषण हुन थालेको छ ।                                                            शुक्रबार तनहुँ जिल्लाका १० स्थानीय तहको ८५ वडामा निर्वाचन हुनेछ । केन्द्रीय निर्वाचन समितिले तनहुँमा फणिन्द्र कोइरालालाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ । सहायक मतदान अधिकृतमा डिएलए तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले र प्राध्यापक केशवराज काफ्ले नियुक्त भएका छन् । सबै वडामा पनि निर्वाचन अधिकृत तोकिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images