कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १० मा निर्माणाधीन अवस्थामा रहेको चुहा अस्पतालको Dpr मै अनियमितता भएको पाइएको छ । विं सं. २०७६ सालमा अपि सैपाल कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङले ५ लाखमा तयार पारेको थियोे भने सोही Dpr लाई गत आर्थिक वर्षमा परिमार्जनको नामले १५ लाख भुक्तानी लिएको पाइएको छ । अपि सैपाल कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङले ५ लाखमा तयार पारेको Dpr कसरी १५ लाख भुक्तानी गरियो भन्दै सामाजिक सञ्जालमा नगरपालिकाको व्यापक आलोचना गरिएको छ ।



