Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जापानका प्रधानमन्त्री सुगाले राजिनामा दिने संकेत

जापानका प्रधानमन्त्री सुगाले राजिनामा दिने संकेत

  • समाचार
  • भाद्र १८, २०७८ शुक्रवार १८:५२ बजे
  • 2.8K
    SHARES
  • जापानका प्रधानमन्त्री सुगाले राजिनामा दिने संकेत

    जापानका प्रधानमन्त्री योशिहिदे सुगाले फेरि पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन् । उनले यसै महिना प्रधानमन्त्रीको कुर्सी छाड्ने संकेत गरे । एक वर्षअघि सिञ्जो अबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए ।                                                                आफ्नो लोकप्रियतामा ठूलो कमी आएपछि सुगाले यस्तो घोषणा गरेका हुन् ।  जापानमा अहिले कोभिडका कारण आपतकालिन अवस्था छ । कोभिडको लहर थामिएजस्तो देखिन्न । जापानमा अहिले १५ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् र खोप लगाउने क्रम पनि सुस्त छ ।  महामारीका बाबजुद ओलम्पिक खेल आयोजना गर्ने निर्णयका कारण पनि सुगाको लोकप्रियता घटेको थियो ।                                                               लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को बैठकमा बोल्दै सुगाले पार्टी नेतृत्वका लागि चुनाव नलड्ने घोषणा गरेका हुन् । पार्टीका महासचिवले समाचार एजेन्सी एएफपीलाई यसबारे जानकारी दिएका छन् । सुगाले आफु कोरोना भाइरस महामारीको नियन्त्रणमा केन्द्रीत रहेको बताएका थिए ।                                                                                  सत्तारुढ एलडिपीले २९ सेप्टेम्बरमा पार्टीको प्रमुखका लागि चुनाव गर्दैछ । जो, पार्टी प्रमुख बन्छ, उसैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सम्भावना धेरै रहन्छ, संसद्मा एलडिपीको बहुमत छ ।  ( एजेन्सी ) 


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images