नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाममा सबैभन्दा कान्छो उमेरका सभापति बनेका छन् । अछामको साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका २५ बर्षीय हेमराज खड्का वडा सभापतिमा निर्वाचित भएका हुन । यति कान्छो उमेरमा सभापति बनेका चर्चा हुन थालेको छ ।



