Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

अझै मन्त्रीपरिषद् विस्तार हुन सकेन , दिनप्रतिदिन छलफलमा सिमित

अझै मन्त्रीपरिषद् विस्तार हुन सकेन , दिनप्रतिदिन छलफलमा सिमित

  • समाचार
  • भाद्र १९, २०७८ शनिवार ०९:२९ बजे
  • 712
    SHARES
  • अझै मन्त्रीपरिषद् विस्तार हुन सकेन , दिनप्रतिदिन छलफलमा सिमित

    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।                                                                    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी भएको छलफलमा विशेष गरी सरकार विस्तार तथा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा छलफल केन्द्रीत रहेको थियो ।                                                                     गत असार २९ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार गठन भएको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकार हालसम्म विस्तार हुन सकेको छैन ।                                                          सरकारमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, माओवादीका तर्फबाट दुई मन्त्री कार्यरत छन् । छलफलमा सरकार विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानमा केन्द्रीत हुने विषयमा गम्भीर विचारविमर्श भएको बताइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images